लन्डन, १६ जेठ । रियल मड्रिडले ११ औं पटक युरोपको च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराउँदै रियल मड्रिडले ११ पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।
यसअघि नै १० पटक च्याम्पियन्स लिगको उपाधि जितेको मड्रिडले मिलानमा भएको फाइनलमा निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको थियो ।
पेनाल्टीमा एथ्लेटिको मड्रिडका वानफ्रान गोल गर्नबाट चुके । क्रिष्टियानो रोनाल्डोले रियलका लागि विजयी पेनाल्टी प्रहार गरेका थिए ।
सुरुका सात पेनाल्टीमा लगातार गोल भएको थियो । त्यसमा रियल मड्रिडले चार गोल गरेको थियो भने एथ्लेटिको तीन गोल थियो ।
एथ्लेटिकोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका वानफ्रान चुके ।
त्यसपछि रोनाल्डोले निर्णायक पेनाल्टीमा गोल गर्दै रियलको जित सुनिश्चित गरे । – एजेन्सी















प्रतिक्रिया