२५ कार्तिक २०८३, बुधबार

चिनियाँ नागरिकले किन यस्तो गरे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cokinकाठमाडौं, १६ जेठ । प्रहरीले तीन किलो लागूऔषध कोकिनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्युरोले ठमेलबाट आज बिहान चिनियाँ नागरिकलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

बोलेभियन नागरिकले ल्याएर छाडेको कोकिन लिन जाँदा विशेष सुराकीको आधारमा व्यूरोले पक्राउ गरेको स्रोतले जनाएको छ ।

दुईदिनअघि मात्रै ठमेलबाटै कोकिन लिँदै गर्दा चिनियाँ महिला दोङदोङ पक्राउ परेकी थिइन् ।

यो साता प्रहरीले २ किलो ६ ग्राम कोकिनसहित भारतीय तोहिद खान, नाइजेरियाली महोम्मद डोबा, भेनेजुयाली एम्रिस कार्मिन र नेपाली दिलबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।