
काठमाडौं, १६ जेठ । हिन्दु युवा जनशक्ति संघ (नेपाल)का अध्यक्ष विकास ठाकुरले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बजेट भाषण बहिष्कार गरेकोमा चित्त बुझेको छैन ।
अध्यक्ष ठाकुरले बजेट भाषण बहिष्कार गर्ने मधेसी मोर्चालाई पदबाट राजीनामा गर्न सांसदहरूलाई चुनौती दिनुभएको छ । ठाकुरले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै मधेसी मोर्चामा आबद्ध दलका सांसदहरूलाई राजीनामा सुझाव दिनुभएको हो ।
‘व्यवस्थापिका सांसदको तलवभत्ता खाएर बजेट भाषण कार्यक्रमलाई बहिष्कार गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णय आफैमा हास्यास्पद छ’, अध्यक्ष ठाकुरले भन्नुभएको छ, ‘हिम्मत भए बहिष्कार होइन, राजीनामा गर्नुस् नेताजीहरू ।’
मधेसी मोर्चाका सांसदहरूले शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणलाई संसदमा उपस्थित नभइ बहिष्कार गरेका थिए ।













प्रतिक्रिया