१ कार्तिक २०८३, शनिबार

४ लाख नेपालीलाई यसैवर्ष रोजगारी दिने सरकारको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu poudel

काठमाडौं, १५ जेठ । सरकारले बेरोजगार चार लाख नेपालीलाई यसैवर्ष (आगामी आर्थिक वर्ष)मा रोजगार दिने घोषणा गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा आगामी आर्थिक वर्षमा ४ लाखका लागि रोजगारी सिर्जना गरिने व्यवस्था गरिएको छ ।

यो योजना कार्यान्वयन भए नेपाली युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने छैन् । सरकारले देशैभरी ४ लाख रोजगारी सिर्जना गर्ने योजना ल्याएको हो ।

शनिबार सार्वजनिक गरिएको १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट अहिलेसम्मकै ठूलो बजेट हो ।