३० आश्विन २०८३, शुक्रबार

वृद्ध भत्ता ह्वात्तै बढ्यो, अब दोब्बर पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishnu poudel

काठमाडौं, १५ जेठ । सरकारले वृद्ध भत्ता बढाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/०७४ को बजेटमा जेष्ठ नागरिक, एकल, अपांगलाई दिइने भत्ता दोब्बर बनाइएको घोषणा गरे ।

यसका लागि ३२ अर्ब ७० करोड रुपैयाँ विनियोजन भएको छ । सबै सामाजिक भत्ता बैंक खाताबाट उपलब्ध गराइने छ ।

यसैगरी बृद्धबृद्धाको बीमा र वृद्धाश्रम निर्माण अघि बढाइने बजेटमा उल्लेख छ ।

यस अघिसम्म वृद्धहरुलाई दिँदै सामाजिक सुरक्षा भत्ता वापतको १ हजार रुपैयाँबाट बढाएर २ हजार  रुपैयाँ बनाएको हो । गत वर्ष पनि सरकारले ५ सय रुपैयाँबाट बढाएर वृद्ध भत्ता १ हजार रुपैयाँ बनाएको थियो ।