काठमाडौं, १५ जेठ । काठमाडौं हल्लाउनेगरी भर्खरै गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्ला रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।
गतवर्ष बैशाख १२ गते भएको ठूलो भूकम्पकै परकम्प रहेको आजको भूकम्प काठमाडौंमा पनि निकै कडा महसुस भएको थियो । भूकम्पले हल्लाउँदा स्थानीय सर्वसाधारण घरबाहिर निस्केका छन् ।
यसअघि ५ दिनअघि पनि धादिङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।













प्रतिक्रिया