२५ कार्तिक २०८३, बुधबार

आठौँ गणतन्त्र दिवस मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

republic-day-4काठमाडौं, १५ जेठ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको आठ वर्ष पुगेको अवसरमा आज मुलुकभरि गणतन्त्र दिवस मनाइँदै छ । आज संविधानपछिको पहिलो गणतन्त्र दिवस पनि हो ।

जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको यस दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।

गणतन्त्र घोषणा भइसकेपछि देशमा धेरै ठूला राजनीतिक उपलव्धी भएपनि चुनौती उत्तिकै रहेको राजनीति शास्त्रीहरुले बताएका छन् ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेललगायतले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन् ।