२५ कार्तिक २०८३, बुधबार

गुगलले दियो नेपालीहरूलाई ‘ठूलो’ उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Danfe-Gool-Charoकाठमाडौं, १५ जेठ । इन्टरनेटको दुनियाँमा आफ्नो अस्तित्व अग्रस्थानमा राख्न सफल गुगलले नेपालीहरूको मन फेरि एक पटक छुने प्रयास गरेको छ ।

धेरै नेपालीहरूलाई आज गणतन्त्र दिवस हो कि होइन भनेर थाहा नहुन सक्छ । तर, गुगलले नेपालमा गणतन्त्र दिवस भएको अवसरमा राष्ट्रिय चरो डाँफेलाई राखेर गुगलका अक्षरहरूलाई विशेष प्रकारको बनाएको छ ।

गुगल क्रोमा खोल्नेवित्तिकै नेपालको राष्ट्रिय चरो डाँफे बीचमा देखिन्छ । गुगलका अक्षरहरू पनि विशेष प्रकारका बनाइएका छन् ।

गुगलले विशेष महोत्सव, चाढपर्व र विशेष दिनका अबसर पारेर विश्वभरिका देशमा आफ्नो प्रस्तुति दिने गरेको छ ।