२५ कार्तिक २०८३, बुधबार

अन्ततः झुके यातायात व्यवसायी, १७ गतेसम्म सरकारको निर्णय कुर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yatayat Bebasai Barta

– विमल योगी
काठमाडौं, १४ जेठ । यातायात व्यवस्था विभागका कर्मचारी र आन्दोलनरत यातायात व्यवासयी यातायात मजदुरहरुको वार्ता भर्खरै सकिएको छ ।

वार्तामा यातायात व्यवसायीका ६ बुँदे मागलाई यातायात व्यवस्था विभागले गृह मन्त्रालय र भौतिक तथा यातायात व्यवस्था मन्त्रालयमा नीतिगत निर्णयका लागि पठाउने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव हिम ज्वाला राईले जेठ १७ गतेभित्र यातायात व्यवसायी र मजदुरले राखेका माग पुरा गर्ने सहमति भएपछि १७ गतेसम्म कुनैपनि चक्काजाम जस्ता आन्दोलनका कडा कार्यक्रमहरु नल्याइने जानकारी दिनुभयो । १७ गतेसम्म अवज्ञा आन्दोलन भने यथावथ रहने उहाँको भनाई छ ।

दुर्घटना न्यूनिकरणका लागि सरकारले ट्राफिक जरिवाना वृद्धि गरेपछि यातायात व्यवसायीहरुले त्यसको विरोधमा केही दिनअघि चक्काजाम गरेर सर्वसाधारणलाई दुःख दिएका थिए ।