२५ कार्तिक २०८३, बुधबार

‘भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुर भुक्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jagdish-narsing-kc-1

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका सांसद जगदीश्वर नरसिंह केसीले वर्तमान सरकारले धेरै कुरा गरेर गफ लगाएको आरोप लगाउनुभएको छ ।

संसदको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले पानीजहाज किन्नेदेखि हावाबाट विजुली निकाल्ने भनेर कुरा गर्ने वर्तमान सरकारले गाउँका भूकम्पपीडितहरूलाई दुई लाख समयमा नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘हावा कुरा गर्ने यो सरकारले भूकम्पीडितलाई दुई लाख पनि दिन सकेको छैन’, उहाँले भन्नुभयो, ‘छिटोभन्दा छिटो दुई लाख दिनुपर्छ ।’

सांसद केसीले अगाडि भन्नुभयो, ‘भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुर भुक्दैन, यो सरकारले धेरै कुरा नगरेर भूकम्पपीडितले पाउने २ लाख तत्काल दिनु पर्छ ।’