१ कार्तिक २०८३, शनिबार

टीकापुरमा सुरक्षाकर्मीको ‘हत्या’ गर्नेहरूलाई विनाशर्त छाड्न सांसदहरूको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-Morcha
फाइल तस्वीर

काठमाडौं, १४ जेठ । थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले कैलालीको टीकापुर घटनामा पक्राउ परेका थारु नेताहरूलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।

संसदको आजको बैठकमा बोल्दै सांसद चौधरीले अधिकारका लागि संघर्षमा उत्रिएका थारुहरूलाई पक्राउ गरेर मुद्दा लगाउनु विभेद रहेको बताउनुभयो । ‘थारुले अधिकार मागेर आन्दोलन गर्दा दमन गर्ने, मुद्दा चलाउने यस्तो विभेद गर्न पाइदैन’, उहाँले भन्नुभयो, ‘टीकापुर घटनामा पक्राउ परेकाहरूलाई विना शर्त छाड्नुपर्छ ।’

थारु आन्दोलनकारीले कैलालीको टीकापुरमा गरेको प्रदर्शनमा नेपाल प्रहरीका उच्च अधिकारीसहित नौ जनाको हत्या गरेका थिए । हत्यापछि आरोपीहरूलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाइरहेको छ ।

यसैबीच, थारु, मधेसी र जनजाति सांसदहरूले संसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म बैठकमा बस्न नसक्ने भन्दै सदनबाट बाहिरिएका हुन् ।