३० आश्विन २०८३, शुक्रबार

शेष घलेले अष्ट्रेलियामा गरे कमाल, एक वर्षमै अर्बाै सम्पत्ति बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shes-Ghale

काठमाडौं, १४ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले अष्ट्रेलियामा तिव्र प्रगति गरेका छन् ।

रिपोर्टअनुसार अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति यो बर्ष ५ करोड ८० लाख डलर (करिव ४ अर्ब ४६ करोड रुपैयाँ) ले थपिएको छ ।

Shesh-Ghale-at-Lamjung6
परिवारसँग शेष घले

शुक्रबार अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले जारी गरेको सन् २०१६ को सूचीमा घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर सम्पत्तिसहित सूचीको १०५ औं स्थानमा परेका छन् ।

गत बर्ष सूचीको १०० औं स्थानमा परेका घले दम्पत्तिको सम्पत्ति ५२ करोड ८० लाख अष्ट्रेलियन डलर रहेको थियो ।

सन् १९९० तिर बिद्यार्थीका रुपमा अष्ट्रेलिया पढ्न गएका घले दम्पत्तिले त्यहाँ कठिन संर्घष गरी सफलता हाँसिल गर्दै देशकै धनी व्यक्तिहरुको सूचीमा पर्न सफल भएका हुन् ।

एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् ।

उनको नेपालमा पनि लगानी छ । उनकै लगानीमा काठमाडौंमै अग्लो शेराटन होटल निर्माण भइरहेको छ ।