२५ कार्तिक २०८३, बुधबार

नक्कली भिषाले यसरी ज्यान खायो, कन्सल्टेन्सी प्रमुख खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail-Ma-Manchheकाठमाडौं, १४ जेठ । गैह्रकानुनी रुपले कन्सल्टेन्सी खोली रोजगारको लागि बिभिन्न देशहरूमा पठाउने भनी ठगी गर्ने मकवानपुर जिल्ला नामाटार– ३ घर भएका २३ वर्षीय रञ्जित कँडेललाई पक्राउ गरेको छ ।

प्रहरीले कँडेललाई ठगी आरोपमा काठमाडौंको सतुङगलबाट नियन्त्रणमा लिएको जनाएको छ । कँडेल लगायत अन्य व्यक्तिहरूले गैह्रकानूनी रुपमा युरो एण्ड सी. लिङ्क एजुकेशन कन्ससल्टेन्सी र फ्लाई यूरो नामक कन्सल्टेन्सी खोलेर लाखौँ रुपियाँ ठगी गर्दै आएका थिए ।

कँडेलसहितको समूहले रोजगारको लागि जर्मन पठाउँछु भन्दै रसुवा भोर्ले गाबिस–८ बस्ने खेसम तामाङसहित २ जना, साउथ अफ्रिका पठाउँछु भनी रसुवा राम्चे–७ बस्ने संगीता तामाङ समेतका २ जना, मौरिसस पठाउँछु भनी कञ्चनपुर त्रिभुबनबस्ती गाबिस–३ बस्ने लक्ष्मीप्रसाद बरालसमेत ७ जना र न्यूजिल्याण्ड पठाउँछु भनेर काभ्रे महादेवस्थान गाविस–७ बस्ने सुमन सापकोटासमेत २ जना गरी जम्मा १३ जनाबाट विभिन्न समयमा ७९ लाख ३० हजार रुपैयाँ लिएका थिए ।

रकम लिएर नक्कली भिषा समेत लगाई कँडेलसहितको समूह फरार भएको थियो । आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

कँडेललाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । कँडेलसंग मिलेर बिदेश पठाउने भनी ठगी गर्ने अन्य व्यक्तिहरूको खोजी एवम् अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।