२५ कार्तिक २०८३, बुधबार

सभामुखद्वारा शीर्ष नेताहरूसँग परामर्श गर्दै, सहमतिका लागि दबाब दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Gharti_chair_Sick_889403092काठमाडौं, १४ जेठ । संसद नियमावलीका विषयमा छलफल गर्न सभामुख ओनसरी घर्तीले आज प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै हुनुहुन्छ ।

सिंहदरबारमा अहिले केही समयपछि हुने छलफलमा संसद नियमावलीमा मसरी सहमति खोज्ने भन्ने विषयमा छलफल हुने सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

‘संसद नियमावलीका विषयमा दलहरू सहमति हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘सोही विषयमा सहमति खोज्न दबाब दिन सभामुख ज्यूले कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका छ वटा दलका प्रमुख नेताहरूलाई बोलाउनु भएको छ ।’

संसद नियमावली बन्न नसक्दा विभिन्न अप्ठेराहरू आइरहेका छन् । कांग्रेसले नयाँ संविधानअनुसार नियमावली बनाउनु पर्ने भन्दै आएको छ भने एमालेसहितका सत्तारुढ दलहरू त्यसको विपक्षमा छन् ।

प्रमुख दलका शीर्ष नेताहरूसँगको बैठकमा सभामुख घर्तीले सकेसम्म संसद नियमावलीलाई मतदानमा नलैजान आग्रह गर्नुहुने बुझिएको छ ।