काठमाडौं, १४ जेठ । सहरी विकास मन्त्रालयले पुनर्निमार्णका लागि छनोट गरेका ४ सय २८ जना इन्जिनियरले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ५ सय ७५ गाविस र ४२ नगरपालिकामा काम गर्न अनिच्छा देखाएका छन् ।
खटाएको गाउँ र नगरपालिकामा ती इन्जिनियर हाजिर नभएपछि मन्त्रालयले वैकल्पिकमा परेर छनोट हुन नसकेकालाई पठाउने तयारी गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
एक हजार ३ सय ४६ पछि क्रमशः दुई हजार नौ सयमसम्मको वैकल्पिक सूचीमा रहेका इन्जिनियरबाट आवेदन मागेर मन्त्रालयले ४ सय २८ जना इन्जिनियर छनोट गरी गाउँमा पठाउन लागेको हो ।















प्रतिक्रिया