१ कार्तिक २०८३, आइतबार

ओली सरकारलाई पूर्व अर्थमन्त्री महतले भने- पूँजीगत खर्चमा केन्द्रित बजेट ल्याउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahat

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले उत्पादनमुखी र पूँजीगत खर्चमा केन्द्रित भएर बजेट तर्जुमा गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उहाँले औद्योगिक क्षेत्रको विस्तार हुन नसकेको, मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अब आउने बजेट सानो आकारको हुनुपर्ने उल्लेख गर्दै ठूलो आकारको बजेट प्रस्तुत भए आन्तरिक तथा विदेशी ऋण बढ्ने र विकास बजेट दुरुपयोग हुने बताए ।

अर्थविद् दिनेशचन्द्र देवकोटाले नयाँ नेपाल निर्माण गर्न यथास्थिति चिन्तनबाट माथि उठ्नुपर्नेमा जोडदिँदै बजेट प्रदेश केन्द्रित हुनुपर्ने बताए ।

उद्योगी दिवाकर गोल्छाले सरकार र विपक्षीबीच घोचपेच रहेसम्म देशको विकास नहुने भन्दै देश विकास तथा आर्थिक समृद्धिका लागि दुवै पक्ष एक ठाउँमा आउनुपर्ने बताए ।

पूर्वगभर्नर डा तिलक रावलले अर्थमन्त्रीले आर्थिक वृद्धिदर २ प्रतिशत पुप्याउने दावी गरे पनि १ प्रतिशत भन्दा कम रहने बताए । रासस