रामेछाप, १३ जेठ । रामेछापमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट रामेछापको हिमगंगाको चिलाउनेखर्क गइरहेको बीपी यातायात सेवा समितिको टाटासुमो जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेर रामेछापको ओख्रेनीमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटना स्थलमा प्रहरी र स्थानीय वासिन्दाले उद्धारको काम गरिरहेका छन् । घाइतेहरुलाई एम्बुलेन्समार्फत अस्पताल लगिँदैछ ।













प्रतिक्रिया