काठमाडौं । गायक प्रमोद खरेलले फुटबलर विमल घर्तीकी वहिनी मनिषाको हत्याप्रति दुःख व्यक्त गरेका छन् ।
विहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रमोदले मानव पनि यहि छन् दानव पनि यही भनेर दुःख व्यक्त गरेका हुन् ।
उनले ट्वीट गरेका छन्- ‘यहि देशमा हामी फुटबल विमल घर्तीमगर भनेर गर्व गर्छाैं, यहि देशमै उनकी कलिली बहिनीको हत्या हुन्छ । मानव पनि यहि छन् दानव पनि यही ।’
मनिषाको हत्या भएपछि सामाजिक सञ्जालमा शान्ति, सुरक्षा र प्रहरी प्रशासनको चर्काे आलोचना तथा विरोध भइरहेको छ भने हत्यारालाई फाँसीमा झुण्ड्याउन माग गरिएको छ ।
मनिषाको हिजो राति घरमै एक्लै रहेको अवस्थामा हत्या भएको थियो ।
यहिदेशमा हामी फुटवलर विमलघर्तीमगर भनेर गर्व गर्छौ,यहिदेशमै उनकी कलिली बहिनीको हत्या हुन्छ।मानवपनि यहिछन दानव पनि यही pic.twitter.com/UigpCrW4g0
— Pramod Kharel (@kharel777) May 26, 2016















प्रतिक्रिया