काठमाडौं, १३ जेठ । नवौँ महाधिवेशनपछि झलनाथ खनाल एमालेमा दोस्रो मर्यादाका वरिष्ठ नेता छन् । नवौँमा केपी ओली र माधवकुमार नेपालबीच अध्यक्षमा कडा प्रतिस्पर्धा भयो । उनीनिकट अधिकांश नेता–कार्यकर्ता नेपालका समर्थक बने । तर, खनाल खुलेनन् । ३९ मतअन्तरले नेपाल पराजित भए । उच्च स्रोतका अनुसार ओलीले खनाललाई आफू अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रपति बनाउने वचन दिएका थिए ।
भद्र सहमतिअनुसार नेता खनाल अघिल्लो वर्षको फागुनसम्म तटस्थ भूमिकामा थिए । तर, राष्ट्रपति विद्या भण्डारी भइन् । त्यस्तै, माधव नेपाललाई विदेश विभाग दिएर ओलीले खनाललाई नीति–अनुसन्धान प्रतिष्ठानमा खुम्च्याए ।प्रधानमन्त्रीले खास विषयमा सल्लाहसमेत नगरेपछि पार्टीमा दोस्रो मर्यादामा रहेका खनाल असन्तुष्ट छन् ।
नयाँ पत्रिकामा खबर छ ।
















प्रतिक्रिया