१८ कार्तिक २०८३, बुधबार

रजतबर्ष जयन्ती बनाउदै नेपाल प्रेस युनियन, विकास बहसलाई जोड दिन आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Union

– प्रकाशचन्द्र बुढाऐर

डडेल्धुरा, १३ जेठ । नेपाल प्रेस युनियनले सुदूरपश्चिमको विकास बहसलाई थप ससक्त र अर्थपूर्ण बनाउने भएको छ ।

केही समय अगाडी डडेल्धुराबाट सुरु गरिएको विकास बहसलाई सार्थक बनाउन आफ्नो रजत बर्ष उपलक्ष्यमा बझाङ, बाजुरा लगायतका जिल्लाहरुमा युनियनले आफ्नो साधारण सभाहरुबाट समेत सवाल उठाएको प्रेस युनियनका सूदूरपश्चिम संयोजक लाल बहादुर ऐरीले बताएका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा श्रमजिवी पत्रकारहरुको कटिवद्ध भएर लागिरहेको अवस्थमा प्रेस युनियन भित्र आवद्ध सम्पूर्ण सञ्चारकर्मीहरुलाई सुदूरपश्चिम संयोजक ऐरीले अब राजनीतिक परिवर्तन संगै विकास बहसका लागी आम सहभागिता र सार्थक पहल जरुरी रहेको बताएका हुन ।

मानिसको आर्थिक मेरोदण्ड मजबुत भएमात्र देशको आर्थिक विकास सम्भव रहेको बताउदै ऐरीले सरकारले पदिय विरासत भन्दा विकास बहसमा जोड दिनुपर्ने बताएका छन् ।

आज परेको रजत बर्ष जयन्तीको उपलक्ष्यमा शुभकामना दिदै प्रेस हकहित र स्वतन्त्रताका लागि प्रेस युनियन प्रतिवद्ध भइ लागिरहेको संयोजक ऐरीले बताएका छन् ।

यस्तै नेपाल प्रेस युनियन डडेल्धुराले आफ्नो स्थापनाको रजत बर्ष जयन्तीको अवसरमा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरि बनाएको छ ।

लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन प्रेस युनियनले आज देशैभर विबिध सामाजिक सचेतनामूलक कार्यक्रम गरि मनाइरहदा डडेल्धुरामा पनि सामाजिक सन्देश दिने किसिमले कार्यक्रम तय गरिएको नेपाल प्रेस युनियनका जिल्ला सभापति टेकराज अवस्थीले जानकारी दिएका छन् ।

आज विहान उपक्षेत्रिय अस्पताल डडेल्धुरामा रहेका उपचाररत विरामीहरुलाई फलफूल वितरण गरि रजत बर्ष मनाइएको हो ।

कार्यक्रममा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, अन्य संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।