१ कार्तिक २०८३, शनिबार

आइपिएलबाट कोललकाता नाइट राइडर्स आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iplमुम्बई, १३ जेठ । हैदारावादसँग पराजित हुँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट बाहिरिएको छ ।

बुधबार राति भएको एलिमिनेटरमा सनराइजर्स हैदरावादसँग २२ रनले पराजित हुँदै कोलकाता प्रतियोगितबाट बाहिरिएको हो ।

विजयी भएको हैदरावादले फाइलन प्रवेशका लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग दोस्रो क्वालिफाएर खेल्नेछ ।

पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।

१६३ रनको लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४० रनमात्र बनायो। उसका लागि मनिष पाण्डेयले ३६, कप्तान गौतम गाम्भीरले २८ तथा सूर्यकुमार यादवले २३ रन बनाए ।
हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए ।

यसअघि दिल्लीमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो। उसका युवराज सिंहले ४४, मोइसिस हेनरिक्सले ३१ तथा कप्तान डेविड वार्नरले २८ रन बनाए ।

हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए ।

अब हैदरावादले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफाएरमा गुजरात लाइन्ससँग खेल्नेछ ।

यो खेललको विजेताले उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोरसँग उपाधिका लागि खेल्नेछ । यसअघिनै पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंलोर फाइनलमा पुगिसकेको छ । फाइलन आइतबार हुनेछ ।