२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनले कलंकीमा कोणसभा गर्दै, सोल्टीमोडमा जम्मा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaकाठमाडौं, १३ जेठ । संविधान पुनर्लेखनको मागसहित राजधानी केन्द्रित सडक आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले आज पनि राजधानीमा प्रदर्शन गर्दैछ ।

दिउँसो दुई बजे काठमाडौंको कलंकीमा कोणसभाको तयारी भइरहेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । ‘राजधानी केन्द्रित आन्दोलनअन्तर्गत आज कलंकीमा कोणसभा गर्ने छौँ’, उहाँले भन्नुभयो ।

सोल्टीमोडमा जम्मा भएर नाराबाजीसहित संघीय गठबन्धनका कार्यकर्ता कलंकीसम्म पुग्नेछन् ।

यसअघि राजधानीका विभिन्न स्थानमा कोणसभा गरिसकेको संघीय गठबन्धनले सरकारलाई घुँडा टेकाउने दाबी गर्दै आएको छ ।