९ कार्तिक २०८३, सोमबार

मेमोरीकार्ड र युवतीको तस्बिर लुकाएपछि यसरी भयो हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sangam-Hotel-arrested-1काठमाडौं, १३ जेठ । ३ साताअघि महेन्द्रनगरस्थित संगम होटलका २ कामदारको हत्या सहकर्मीसँगको विवादले भएको खुलेको छ ।

बुधबार घटनाका मुख्य आरोपी सार्वजनिक भएपछि प्रहरीले घटनाको कारण खुलाएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रहरीले १८ वर्षीय तारासिंह बोहरालाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

बोहोराले हसिँया प्रयोग गरी हत्या गरेको वयान दिएका छन् ।

होटलमा कार्यरत मजदुर कृष्ण विष्ट र भीमबहादुर रोकायाको वैशाख २३ गते हत्या भएको थियो ।

बोहराले केटी साथीको नम्बर रोकायालाई दिएपछि उनीहरुबीच फोनमा कुरा हुने गर्दथ्यो ।

बोहराले केटी साथीको मेमोरी कार्ड र तस्बिर लुकाएपछि मनमुटाव भएको थियो ।