२५ कार्तिक २०८३, बुधबार

प्रहरीलाई आफ्नो गार्ड बनाएको खुलासा भएपछि बाबुराम आक्रोशित, फिर्ता लैजान चुनौति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BABURAM-BHATTARAI

काठमाडौं, १२ जेठ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीको हैसियतमा अनावश्यक सुरक्षाकर्मी नलिनुभएको उहाँको सचिवालयले स्पष्ट पारेको छ ।

पूर्वपदाधिकारीहरुले अनावश्यक रुपमा सुरक्षाकर्मी लिएको र दुरुपयोग गरेको समाचारहरु आएपछि डा. भट्टराईको सचिवालयले उहाँको सुरक्षाको विषयमा स्पष्ट पारेको हो ।

स्वकीय सचिव विश्वदीप पाण्डेद्वारा जारी गरेको प्रेस नोटमा भनिएको छ – ‘गत असोजदेखि (नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि) हालसम्म डा. बाबुराम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अगुवा र पछुवा गाडी समेत प्रयोग गर्नुभएको छैन । उहाँले प्रयोग गर्ने गाडीमा नै एक जना नेपाल प्रहरीबाट र एक जना सशस्त्र प्रहरी बलबाट गरी दुई जना सुरक्षा अधिकृत लिएर हिँड्ने गर्नुभएको छ ।’

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सुरक्षाका लागि सरकारले नियमविपरित सुरक्षाकर्मी खटाए भए फिर्ता लैजान चुनौति समेत दिनुभएको छ ।

प्रेस नोटको पूर्ण विवरण:

PressNote-Jeth12