पर्सा, १२ जेठ । पर्सामा एक महिलाले आफ्नै दुई छोरीको हत्या गरेकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै दुई वटी छोरीको हत्या गरेको अभियोगमा बारा कलैया बस्ने २२ वर्षीया सबिता देवीलाई प्रहरीले पक्राउ गरेको छ ।
सविता देवीले मंगलबार बिरगंज उपमाहानगरपालिका-१८ भेडीयाईस्थित खोलामा ४ बर्षीया छोरी काजलदेवी र ३ बर्षीया अनिता देवीलाई पानीमा डुबाई हत्या गरेकी थिइन् ।
साथै उनले आफूले समेत आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीय व्यक्तिहरुले देखि प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तो छ कारणः
पर्सा प्रहरीबाट प्राप्त जानकारी अनुसार श्रीमान तथा सासु ससुराले छोरा नजन्माएको भन्दै मानसिक यातना दिएपछि घर छाडेर हिँडेकी उनले बाध्य भएर आफनै दुई नाबालिका छोरीको हत्या गरेकी हुन् ।
बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सविता देवीले श्रीमान र सासु ससुराले छोरीकै कारण दुःख दिएपछि मारिदिएँको प्रहरीलाई बताइन् ।
फोटोः अन्नपूर्ण पोष्टबाट ।













प्रतिक्रिया