२५ कार्तिक २०८३, बुधबार

छोराले आफ्नै छोरीलाई भगाएपछि आमा परिन् हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailबुटवल, १२ जेठ । अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर ८ मा भारतीय नागरिकलाई नागरिकता दिलाउन सहयोग गर्ने ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिमकलाले आफ्नी छोरीलाई भारतीय नागरिकले भगाएको उजुरी दिएपछि नागरिकता दिलाउन उनैले नै सहयोग रहेको रहस्य खुलेका कारण पक्राउ गरिएको हो । रहस्य खुलेसँगै गाविस सचिव कमल पोखरेलले हिमकला भट्टराईविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

हिमकलाले आफ्नो कान्छो छोरो भनेर भारतीय नागरिकलाई सुरज भट्टराईको नाममा नागरिकता दिलाइ दिएकी थिइन् ।

घटनाले त्यति बेला नाटकीय रुप लियो जति बेला हिमकलाकी छोरी बेपत्ता भएकी थिइन् । नेपाली नागरिकता लिने भारतीय नागरिकका विषयमा पनि प्रहरीले खोजविन थालेको छ ।

प्रहरीले नागरिकता किर्ते गरेर नागरिकता लिएका विषयमा हिमकलासँग थप अनुसनधान सुरु गरेको जनाएको छ ।