२५ कार्तिक २०८३, बुधबार

प्याब्सन अध्यक्षदेखि सांसदका विद्यालय ‘कालो’ सूचीमा, अटेर गर्ने एकएक विद्यालयको नाम सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student-Ko-Photoकाठमाडौं, १२ जेठ । नेविसंघ, अनेरास्ववियुसहितका दर्जन विद्यार्थी संगठनहरूले सरकारले तोको मापदण्ड विपरीत अवैधानिक तरिकाले गतिविधि गर्दै आएका दर्जन बढी विद्यालयको नाम सार्वजनिक गरेका छन् ।

विद्यार्थी संगठनहरूले आज बिहान काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गरेर ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२’ पूरा नगर्ने विद्यालयहरूको नाम सार्वजनिक गरेका हुन् । निर्देशिका पूरा नगर्ने विद्यालयमा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीको घट्टेकुलोस्थित एस.ए.बी.(साब) स्कुल पनि रहेको छ ।

मापदण्ड पूरा नगर्ने विद्यालयहरूमा सांसदहरूले चलाएका विद्यालय पनि छन् । ती विद्यालयले त झन् अभिभावकहरूलाई चरम शोषण गरेको खुलेको छ ।

पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार काठमाडौं जिल्लामा शुल्क निर्धारण मापदण्ड पूरा नगर्ने विद्यालयहरूमा एस.ए.बी.(साब), बृहस्तपती, सिद्धार्थ बनस्थली, फोरम लोकतान्त्रिकी सांसद गीता राणाको ग्यालेक्सी, अक्सीडेन्टललगायतका विद्यालयले निर्देशिका पालना गरेका छन् ।

ललितपुर जिल्लाका यूल्यान्स, रातो बंगला, डी.ए.भी., आइडियल मोडल, कांग्रेस सांसद उमेश श्रेष्ठको लिटिल एञ्जल्स, जेम्स लगायतका विद्यालयले पनि सरकारी निर्देशिकालाई बेवास्ता गरेका छन् ।

भक्तपुर जिल्लाका मातृभूमि, राजश्री, गुरुकुललगायतका निजी विद्यालयले सरकारी मापदण्ड विपरीत शूल्क उठाउनेदेखि अन्य गैरकानुनी कार्य गरेको विद्यार्थी संगठनहरूले आरोप लगाएका छन् ।

आर्थिक अपारदर्शिता, वैदेशिक सहयोगको दुरुपयोग, छात्रवृत्तीमा अनियमितता, शूल्यक मनपरी उठाउने, सरकारले तोकेको भौतिक सुविधा नदिने, कतिपय विद्यालय दर्ता नभएको, विद्यालय निरीक्षकहरूलाई प्रलोभनमा पार्नेलगायतका आरोप पनि विद्यार्थी संगठनहरूले लगाएका छन् ।

विद्यार्थी संगठनहरूलाई निजी विद्यालयहरूले निर्देशिका कार्यान्वयन नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।

Student 1

13260012_10154190238827329_5358411737308998151_n