२५ कार्तिक २०८३, बुधबार

‘चक्काजाम’ के गर्ने भनेर परामर्श गर्न यातायात व्यवसायी गम्भीर छलफलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Busकाठमाडौं, १२ जेठ । दुर्घटना न्यूनिकरण गर्नेभन्दै सरकारले जरिवाना वृद्धि गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले ‘चक्काजाम’को कार्यक्रमका विषयमा छलफल गर्न संयुक्त बैठक बोलाएको छ ।

अहिले केही समयपछि काठमाडौंको बल्खुमा सुरू हुने बैठकमा ‘चक्काजाम’को असर, तयारी र भावी रणनीतिका विषयमा छलफल हुने नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । ‘सरकारले अहिलेसम्म वार्तामा बोलाएन’, उहाँले भन्नुभयो, ‘सरकारले चासो नदेखाएपछि बाध्य भएर चक्काजामको कार्यक्रम ल्याउन बाध्य भएका हौँ ।’

सरकारले वार्तामा बोलाएर माग पूरा गर्नेतर्फ सकारात्मक संकेत दिने हो भने यातायात व्यवसायीहरूले चक्काजामको कार्यक्रममा पुनर्विचार गर्न सक्ने महासचिव सिटौलाले बताउनुभयो । ‘हामीले तराई आन्दोलनका बेला हेलमेट लगाएर यातायात चलाएका थियौँ’, सिटौलाले भन्नुभयो, ‘अहिले सरकारले सहयोग नगर्ने भन्ने छैन । तर मागका विषयमा सुनुवाइ त हुनु पर्छ नि ?’

राज्यलाई जनताले तिरेको करअनुसारको भौतिक सुविधान नदिएको भन्दै असन्तुष्टि जनाउनु भएका महासचिव सिटौलाले भन्नुभयो, ‘दुर्घटना न्यूनीकरणका नाममा जरिवाना बढाउने निर्णय उपयुक्त छैन ।’

सरकारका प्रतिनिधिहरूले अहिलेसम्म आन्दोलनरत यातायात व्यवसायीहरूलाई सम्पर्क नगरेको महासचिव सिटौलाको भनाइ छ ।

‘सरकारका प्रतिनिधिहरू सुतेर बसेका छन्’, उहाँले भन्नुभयो, ‘हामी वार्ताका लागि तयार छौँ । कतैबाट रेस्पोन्स नै आउँदैन । सरकारले हामीलाई बेवास्ता गर्छ भने हामी पनि बिहीबारको चक्काजाम यथावत राख्ने छौँ ।’