९ कार्तिक २०८३, सोमबार

अब वैदेशिक रोजगारीमा जाने कामदार मालामाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh-abroadकाठमाडौं, १२ जेठ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम बढाएर १० लाख रूपैयाँ पुर्‍याउने भएको छ ।

हाल प्रत्येक कामदारको पाँच लाख रूपैयाँको बीमा गरिएकोमा त्यसलाई दोब्बर बृद्धि गरी १० लाख बनाउने योजना अघि सारिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बजेटमार्फत बीमा रकम वृद्धि गर्न श्रम तथा रोजगार मन्त्रालयले प्रस्ताव गरेको छ । श्रमले आफ्ना महत्वपूर्ण र प्राथमिकता प्राप्त कार्यक्रममा यसपटक कामदारको बीमा रकम बढाउने योजना बनाएको हो ।

श्रमले प्रस्ताव गरेबमोजिम अर्थ मन्त्रालयले बजेटमा यो कार्यक्रम पारेमा विदेशिने कामदारले पाउने पैसा पाँच लाख बढ्नेछ ।