मुम्बई, १२ जेठ । गुजरात लायन्सलाई हराउँदै रोयल च्यालेञ्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ ।
मंगलबार राति भएको पहिलो क्वालिफार्स खेलमा गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोर उपाधि नजिक पुगेको हो ।
गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १० बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो । रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबिडीभिलियर्स नायक भए ।
टिमको खातामा २९ रन हुँदा ५ विकेट गुमाइसकेको बैंगलोरलाई फाइनलसम्म पुर्याउन एबिडिभिलियर्सले उत्कृष्ट पारी खेल्दै नट आउट ७९ रन बनाए ।
भिलियर्ससँग ९१ रनको साझेदारी गरेका इक्बाल अब्दुल्लाहले पनि नट आउट ३३ रन जोडेका थिए ।
बैंगलोरले दुबै ओपनरलाई सस्तैमा गुमाएको थियो । कप्तान विराट कोहलीलाई शून्य रनमा गुमाएको थियो । क्रिस गेललाई ९ रनमा गुमाएको थियो । बैंगलोरका अलराउण्डर सेन वाट्सन पनि १ रनमा आउट भए ।
गुजरातका लागि धवन कुलकर्नीले ४ विकेट लिए पनि टिमको हार जोगाउन सकेनन् ।















प्रतिक्रिया