१ कार्तिक २०८३, आइतबार

काठमाडौँको मिथेन ग्यास उत्खननको काम सुरु, चिनिया टोली उत्साहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gas-khani-Dailekhकाठमाडौं, ११ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने बताउनुभएको छ ।

 रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको भन्दै आगामी तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन गरेर उत्खननको काम सुरु हुने जानकारी गराउनुभएको हो ।

मन्त्री पाण्डेयले चीनबाट आएको टोली ब्लक नं ३ को दैलेख र ब्लक नं १० मोरङको पेट्रोलियम खानीको अध्ययन गरी प्रारम्भिक नतिजाबाट उत्साहित भएको भन्दै पूर्ण प्रतिवेदन आएपछि उक्त स्थानमा ड्रिल गर्ने काम सुरु गरिने जानकारी दिनुभयो ।

ललितपुरको इमाडोल र काठमाडौँको टेकु पचलीमा मिथेन ग्यासको उत्खननको काम सुरु भएको जानकारी गराउँदै उहाँले ललितपुरको हात्तिवन र काठमाडौँको तीनकुनेको कुवामा उत्खननको काम केही दिनमा अघि बढ्ने बताउनुभयो ।

नवलपरासीको धौबादीमा १० किलोमिटर क्षेत्रमा फलाम खानी पाइएको र रामेछापको ठोसे र ललितपुरको फुल्चोकी डाँडामा पनि फलाम खानी रहेको प्रारम्भिक अनुमान रहेकाले त्यसको अनुसन्धान र उत्खननको कार्यक्रम निकट भविश्यमा नै अघि बढाउने विश्वास दिलाउनुभयो । रासस