२५ कार्तिक २०८३, बुधबार

मधेसवादी दलले प्रधानमन्त्रीलाई नै टेरेनन्, तारन्तार फोन हान्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhesi-morchaकाठमाडौं, ११ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेका मधेसवादी दलले सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजेका लागि बोलाएको बैठकमा मधेसवादी दलका तर्फबाट कोही गएनन् ।

यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री एवं संघीयता मिलाउन गठित वार्ता समितिका संयोजक कमल थापाले वार्तामा आउन भन्दै पत्र पठाउँदा मधेसवादी दलका शीर्ष नेताहरुले थापासँग वार्ता हुनै नसक्ने र प्रधानमन्त्रीले बोलाउनुपर्ने शर्त अघि सारेका थिए ।

तर, अहिले प्रधानमन्त्रीले बोलाउँदा मधेसवादी दल बैठकमा कोही उपस्थित नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

उनका अनुसार वार्तामा प्रधानमन्त्री कार्यालय र स्वयं प्रधानमन्त्रीले समेत तारन्तार फोन गरेर आग्रह गरेका थिए । यसअघि प्रमले मधेसी मोर्चालाई वार्ताको टेबुलमा आउन पत्र समेत पठाएका थिए ।

किन गएनन् मधेसवादी दल ?

मधेसी मोर्चा अहिले संघीय गठबन्धनमा मिसिएको छ । उक्त गठबन्धनमा आदिवासी, जनजाति र थारु लगायत गरी २९ वटा दल भएको बताइन्छ । गठबन्धनले अहिले राजधानी केन्द्रीत आन्दोलन गरिरहेको छ ।

प्रधानमन्त्रीले बोलाएको वार्तामा किन नगएको भन्ने प्रश्नमा गठबन्धनका एक नेता राजेन्द्र श्रेष्ठले भने– ‘हामी अहिले गठबन्धनमा आबद्ध भएर आन्दोलन गरिरहेका छौं । मधेसी मोर्चा निष्क्रिय भइसक्यो । गठबन्धनलाई वार्तामा बोलाउनुपर्यो । मधेसी मोर्चालाई बोलाएर हामी नगएका हौं र जादैनौं पनि ।’