काठमाडौं, ११ जेठ । रूपन्देही जिल्लाको दयानगरमा दुई जनाको हत्या भएको छ । दयानगर– ५ चिल्हियाका ५८ वर्षीय बलराम पोखरेलले आफ्नै श्रीमती र भाईको हत्या गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय छपियाका अनुसार बलरामले आफ्नै श्रीमती ४५ वर्षीय कृष्णा पोखरेल र भाई ४८ वर्षीय चन्द्रकान्त पोखरेलको हत्या गरेका हुन् ।
बलरामले सोमबार राति सवा नौं बजे आफ्नै घरमा ईट्टा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते उनीहरूको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा दुवैजनाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले तीनैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जनाएको छ । मृतक चन्द्रकान्त बुटवल १४ तामनगरमा बस्दै आएको र घर निर्माणको क्रममा दयानगर गएको बताइएको छ । चन्द्रकान्तकी श्रीमती बैदेशिक रोजगारको क्रममा मलेसियामा छिन् ।
बलरामले श्रीमती र चन्दकान्तको हत्या गर्नुको कारण प्रहरीले नखुलाए पनि अनैतिक कार्य भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।












प्रतिक्रिया