काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र बजेटका विषयमा छलफल गर्न सरकारमा सहभागी दल, कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आह्वान गर्नुभएको छ ।
सिंहदरबारमा साढे दशबजेपछि बस्ने त्रिपक्षीय बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
‘मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुनेछ’, त्रिपक्षीय बैठकका विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘संसद र सरकारमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई खबर पठाएका छौँ ।’
प्रधानमन्त्री ओलीले आह्वान गर्नुभएको त्रिपक्षीय बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस सहभागी हुनेछ । बैठकमा मधेसी मोर्चा पनि उपस्थित हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘हामी वार्ता विरोधी होइनौँ’, उहाँले भन्नुभयो, ‘सरकारले वार्ताका लागि भनेर बोलाउँछ भने हामी जान्छौँ । हाम्रा माग र कुरा राख्छौँ ।’












प्रतिक्रिया