काठमाडौं, ११ जेठ । मुक्तिनाथ धामका पीठाधीश स्वामी कमलनयनाचार्यले हिन्दुधर्मको रक्षाका लागि राजसंस्था पर्काउनुपर्ने बताएका छन् ।
उनले राजसंस्था नफर्किएसम्म हिन्दु धर्मको रक्षा गर्न समस्या भएको बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
गणतन्त्र स्थापनापछि हिन्दुधर्मको संरक्षणमा समस्या देखिएको उनको भनाइ छ ।
सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै कमलनयनाचार्यले गणतन्त्र स्थापना पश्चात गठन भएका सरकारले हिन्दु धर्मको रक्षा र सम्बर्धनमा कुनै चासो नदेखाएको भन्दै जनताले चाँहे तत्काल राजसंस्था फर्कने दाबी गरेका छन् ।
स्वामी कमलनयनाचार्यले ८५ प्रतिशत हिन्दु भएको देशमा धर्मनिरपेक्षता घोषणा गरेर गणतन्त्र स्थापना भएका सरकारले गलत काम गरेको भन्दै हिन्दु राष्ट्रका लागि देशभर अभियान संचालन गर्ने चेतावनी दिए ।
उनले जनआन्दोलन पश्चात सात राजनीतिक दलले हटाएका पूर्वराजा ज्ञानेन्द्रलाई नै राजा बनाउँनुपर्छ भन्नेमा आफू नरहे पनि हिन्दु राष्ट्र हिन्दु धर्मको रक्षाका लागि राजसंस्था ब्युताउनु पर्ने बताए ।
उनले गरिब ठकुरीको छोरालाई राजा बनाएर भए पनि राजसंस्था ब्यूँताउनु पर्ने धारणा राखे ।















प्रतिक्रिया