काठमाडौं, ११ जेठ । भूकम्पले घर पूर्ण रूपमा क्षतिग्रस्त भएका पाँच लाखभन्दा बढी परिवार अझै पनि टहरा र त्रिपालमुनी बस्न बाध्य छन् ।
यसवर्षको मनसुनसमेत सुरू हुने बेला भइसक्यो । वर्षायाम टहरा र त्रिपालले कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितलाई सताएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
भूकम्पपीडितलाई वर्षायाम अगाडिनै पक्की घर निर्माण गर्न अनुदान रकम वितरण र प्राविधिक सहयोग गर्नुपर्ने पुनर्निर्माणका सिईओ सुशील ज्ञवाली कहाँ छन् उनको कार्यालयका कर्मचारीलाई समेत थाहा छैन् ।
‘भूकम्पपीडितको घर पुनर्निर्माण गराउन अहोरात्र खटिनुपर्ने सिईओ विदेश सयरमा हुनुहुन्छ भन्ने सुनेको छु’, प्राधिकरणका एक अधिकारीले भने ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरमात्र होइन सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य संस्था र पुरातात्विक सम्पदाको पुनर्निर्माणको ठोस योजना समेत बनाउन सकेको छनै ।
ज्ञवाली भने आफ्नो पुनर्निर्माणको त्यति ठूलो दायित्व बिर्सिएर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोलीमा बसेर १० दिने टर्की भ्रमणमा व्यस्त छन् ।















प्रतिक्रिया