२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डको नयाँ माओवादीले असार ४ गते राजधानीमा ‘पावर’ देखाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-unity

काठमाडौं, १० जेठ । विभाजित १० माओवादीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रले आगामी असार ४ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

सोमबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य उमेश घोरासैनीले जानकारी दिए । ‘आजको बैठकले शक्ति प्रदर्शनको निर्णय गरेको छ । माओवादी कस्तो पार्टी हो र शक्ति कति छ भन्ने असार ४ गते राजधानीमा देखिन्छ,’ उनले भने ।

केही दिनअघि १० माओवादी पार्टीबीच एकीकरण गरी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र नामको नयाँ पार्टीको घोषणा गरिएको थियो ।

यस्तै आजको बैठकले प्रचण्डकै नेतृत्वमा ९ सदस्यीय हेडक्वार्टर बनाउने निर्णय समेत गरेको छ ।