२५ कार्तिक २०८३, बुधबार

भारतको देहरादुनमा पहिरोमा परी १० नेपालीको मृत्यु, ६ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiri-india-dehardun

काठमाडौं, १० जेठ । भारतको देहरादुनमा आइतबार राति गएको पहिरोमा परी १० जना नेपाली कामदारको मृत्यु भएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले देहरादुनको सदरमुकामबाट करिब १५० किलोमिटरमा पर्ने चित्रा गाउँमा आइतबार राति हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरूलाई पहिरोले पुरेको उल्लेख गरेका छन् ।

ओत लाग्न गएका १६ जनामध्ये घाइते ६ जनालाई भने जिवितै उद्दार गरिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु नेपालबाट सडक निर्माणको लागि देहरादुन पुगेका थिए । पहिरोमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम भइरहेको र अन्त्येष्टि पनि त्यही गरिने बताइएको छ ।

उनीहरु कसैको नाम, ठेगाना र परिचय खुल्न सकेको छैन् ।