– बसन्त खड्का
काठमाडौं, १० वैशाख । जीवन एउटा जीउने कला हो । कला एउटा बाच्ने आधार हो । मानिस जन्मजात सफल भएर आएको हुदैन् असफलताले नै सफलता सम्म पूयाउने गर्दछ । जीवनमा सुख दुख भन्ने जिच कि पढेर थाहा हुन्छ कि परेर थाहा हुन्छ । आजका युवा जागीर पाइन भनेर सरकारलाई दोस दिन्छन् । पढेलेखेर जागिर खानुपर्छ भन्ने मानसिकतामा अझै कमि भएको छैन् । जागीरका लागी मानिस कहाँदेखि कहाँ पुग्छन् । कहाँसम्म भैतारिएका उदाहरण प्रशस्त्र मात्रामा हुन्छन् । तर कञ्चनपुर घर भएका विनोद चौहानले भने घर नजिकैको सँस्थाको जागीर छोडेर यति बेला कृषि व्यवसाय र कुखुरापालनमा रमाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका ३ का निवासी २५ वर्षे विनोदले घर नजिकैको जागीर छोडेर यतिबेला कुखुरापालनमा अग्रुसरमा देखापरेका छन् ।
कुखुरा पालनले उनको मनग्य आम्दानी दिएपछि उनी यतिबेला बङगुर र तरकारी खेतीमा समेत होमिएका छन् । लाखौ रुपैया लगानीमा ४ हजार कुखुरा पाल्न मिल्ने क्षमताका ३ वटा खोर बनाएर विनोदले कुखुरा पालन सुरु गरेका हुन् । पहिलो लट डेढ महिनामै ४ लाख मुनाफा भएपछि अझै व्यवसाय बढाउने उनको इच्छा रहेको छ । कुखुरापालन व्यवसाय राम्रो भयो अहिले बङगुर र तरकारी खेतीमा विस्तार गरेर सँस्थाको जागीर छाडेका उनले हाल ४ जनालाई रोजगार दिएका छन् ।
कञ्चनपुरको घर बैकमा राखेर सुन्दरीजलमा ७ रोपनीको जग्गा किनेर व्यवसाय सुरु गरेको विनोदले बताए । कुखुराका केहि चल्ला मर्न थालेपछि तिनको व्यवस्थापनका लागी बङगुर र तरकारी खेति गरेको छु भनेर बताउछन् । यो वर्ष २५ हजार कुखुरा विक्रि गरेर १२ लाख मुनाफा भएको विनोदले बताए । जुम्लाका स्याउ धनकुटाका सुन्तला सप्तरीका आपका बगैचामुनि यस्तै मौलिक स्वाद पहिल्याउन थाल्ने हो भने त्यहि हो हाम्रो मौकि स्वाद अवसर र चूनौति ।
धन कमाउन विदेशलाई पहिलो गन्तव्य बनाउने युवाहरु पछिल्लो समयमा कृषितिर आर्कषित भएका छन् । विनोद चौहानले अहिले काठमाडौको सुन्दरीजलमा कुखुरापालन व्यवसाय फस्टाउदै गएको छ ।















प्रतिक्रिया