२५ कार्तिक २०८३, बुधबार

प्रचण्डको नयाँ माओवादीमा पम्फा भुसालले पाइन ठूलै पद, दीनानाथ शर्मा आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pampha-bhusal

काठमाडौं, १० जेठ । नवगठित नेकपा माओवादी केन्द्रले वैद्य माओवादीकी प्रवक्ता पम्फा भुसाललाई ठूलै पद दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य उमेश घोरासैनीका अनुसार पम्फालाई यो पार्टीमा पनि प्रवक्ता कै जिम्मेवारी दिइएको हो ।

सोमबार राजधानीको एक पार्टी प्यालेसमा बसेको बैठकले नेकपा माओवादी केन्द्रको प्रवक्तामा पम्फालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उनी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको प्रवक्ता थिइन् ।

यता एकीकृत माओवादीमा प्रवक्ता रहेका नेता दीनानाथ शर्मा आजदेखि पदमुक्त भएका छन् ।