९ कार्तिक २०८३, सोमबार

‘लजमा केटी मिलाइदिने धन्दावाला’लाई प्रचण्डले नयाँ पार्टीको नेता बनाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-Kendrs

काठमाडौं, १० जेठ । आफ्नो पार्टीका सडेगलेका र पार्टीभित्रबाट पलायन भएकाहरुलाई लगेर प्रचण्डले नेकपा माओवादी केन्द्रको पार्टी बनाएको भन्दै विप्लव माओवादीमा चर्चा चलेको खबर छ ।

सो माओवादी केन्द्र पार्टी छिट्टै विघटन हुने पनि उनीहरुको निष्कर्ष छ । केन्द्रीय सदस्यबाट हटाइएका सुताहाहरुलाई केन्द्रमा राखेर नचल्ने खड्गबहादुर विश्वकर्माले आफ्ना निकटसँग बताउने गरेको स्रोतले बताएको छ ।

जयपुरी घर्ती, वसन्त घर्ती, तेजबहादुर मिजारजस्ता केन्द्रीय समितिबाट हटेका–हटाइएका, पलायन भएकाहरुलाई उच्च सम्मान गरेर प्रचण्डले लैजानु भनेको प्रचण्डको बूढो र सुताहा पार्टी रहेको विश्वकर्माको बुझाई रहेको स्रोतको भनाई उदृत गर्दै साँघु साप्ताहिकले समाचार छापेको छ ।

‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो’ विप्लव माओवादीमा चर्चा हुने गरेको छ ‘लजमा केटी मिलाइदिने धन्दामा लागेकालाई केन्द्रीय सदस्य बनाएर कस्तो केन्द्र बनाइने हो ?’