काठमाडौं, १० जेठ । कांग्रेस निकट नेपाली विद्यार्थी संघले मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारीका विरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।
आज बिहान करीव आठ बजेदेखि सुरू भएको धर्ना तथा विरोध कार्यक्रममा उल्लेख्य नेविसंघका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको नेविसंघले दाबी गरेको छ ।
उनीहरूले धर्नाका क्रममा महँगी, कालोबजारी र मूल्यवृद्धिका विरुद्ध नारावाजी समेत गरेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।
‘मुलुकमा अहिले पनि ग्यास र तेल सहज रुपमा पाइँदैन’, उहाँले भन्नुभयो, ‘एमाले नेतृत्वको वर्तमान सरकारले कालोबजारी गर्नेलाई संरक्षण गरेर जनतालाई सास्ती दिइरहेको छ ।’
उहाँले आपूर्ति व्यवस्थाको सहजता र मुलुकमा मौलाउँदै गएको अराजकता अन्त्यका लागि प्रधानमन्त्रीको सरकारी निवासमा धर्ना दिइएको बताउनुभयो ।
नेविसंघका कार्यकर्ताले खासी सिलिण्डरका साथै खाली पानीका जार तथा थालको समेत प्रदर्शन गरेका थिए ।












प्रतिक्रिया