९ कार्तिक २०८३, सोमबार

देउवा नै पो बन्ने भए प्रधानमन्त्री ? ओलीले प्रचण्डलाई गर्न थाले झेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-deubaकाठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी ओली सत्ताको खेलामा कति माहिर छन् भन्ने देखिन थालेको छ । उनले प्रधानमन्त्री पदका मुख्या दावेदार एमाओवादी अध्यक्ष प्रचण्ड र सहायक दावेदार कांग्रेस सभापति शेरबहादुर देउवा दुवैजनालाई हावाकावा पारेर खेलाउन थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

सबैलाई थाहा भएको कुरा हो– सिंहदरबार नामको फुटबलमार्फत सत्ताको खेल खेलिँदैछ र मैदान चाहिँ संसद हो । सत्ताको कुटिल खेलमा ओली, देउवा र प्रचण्ड कसरी लागिपरेका छन् भन्ने केही सूचना प्राप्त भएको छ ।

प्रचण्डलाई अगाडि सारेर आफूलाई सत्ताच्यूत गर्ने खेललाई ओलीले तत्कालका लागि निस्तज बनाएका छन् । बाहिर छरपस्ट भएको भित्री सहमति हो– बजेटपछि ओलीले प्रचण्डलाई प्रधानमन्त्री पदमा समर्थन गर्ने । तर, ओलीले सजिलै सत्ता नछाड्ने उनका पछिल्ला अभिव्यक्तिहरूले देखाउन थालेको छ ।

म्यादी सरकारमा परिणत भएपछि पनि ओली उत्त नै आत्मविश्वासी देखिँदै छन् । उनको आत्मविश्वासीको रहस्य के हो ? जानकार स्रोतहरूका अनुसार, देउवा र प्रचण्डलाई मिल्न नदिने र आफ्नो पदको आयू लम्बाउने अनौठो योजना कार्यान्वयनमा ओली अहिले तल्लीन छन् । स्रोत भन्छ– सरकार गिराउने खेलमा अफसल भएपछि ओली र देउवाबीच निकै गम्भीर गोप्य भेटवार्ता भएको छ ।

कांग्रेसका उच्च नेताहरूले पुष्टि गरे अनुसार, सो भेटवार्तापछि देउवाले प्रचण्डसँग मिलेर ओली हटाउने अभियानमा खासै रुची लिन छाडेका छन् ।

कांग्रेसका एक उच्च नेताले देउवाको भनाई उधृत गर्दै बताएअनुसार, एमाले र कांग्रेस मिलेर अगाडि बढ्ने प्रस्ताव ओलीले राखेका छन् । कांग्रेस र एमाले मिलेमा तत्कालै स्थानीय चुनाव हुन सक्ने। स्थानीय चुनाव हुनासाथ कांग्रेसलाई सत्ता सुम्पने प्रस्ताव ओलीले देउवासमक्ष राखेका छन् ।

देउवालाई उधृत गर्दै आएको जानकारी अनुसार, ओलीले यसो भनेका थिए– ‘मैले प्रचण्डजीलाई सरकार दिने कुनै तमसुक गरेको छुइन तर तपाईसँग तमसुक समेत गर्न तयार छु ।’

स्थानीय निकायको अनितम मत परिणाम घोषणा हुन अगावै देउवालाई सरकार सुम्पन आफू तयार भएको ओलीले बताएका छन् ।

देउवासँगको वार्तापछि स्पष्ट भएको छ– प्रधानमन्त्री ओलीले देउवा र प्रचण्ड दुवैलाई खेलाइरहेका छन् । एमाले नेताहरूका पछिल्ला अभिव्यक्ति हेर्दाै उनीहरूले प्रचण्डलाई सरकारको नेतृत्व नदिने छनक मिलिसकेको छ । ओलीका अभिव्यक्ति पनि त्यस्तै छन् ।

ओलीले प्रचण्डलाई सजिलै सरकारको नेतृत्व नदिने बुझेपछि देउवालाई केही राहत भएको छ । ओलीले प्रचण्डलाई सरकार सुम्पने हो भने देउवाको सम्भावना लगभग समाप्त हुनेछ ।

ओली र प्रचण्डबीच खटपट हुने लक्षण देखिन थालेपछि देउवाको रणनीति हो– ओली र प्रचण्ड दुवैलाई भाउ नदिने, देवैबीच दूरी बढोस् र त्यसको लाभ लिउँ ।

कांग्रेस स्रोत भन्छ– ओलीले दिएको वचन देउवाले पत्याइदिएजस्तो गरेका छन्, ओलीले प्रचण्डलाई पाखा लगाए पनि, प्रचण्डले ओलीलाई पाखा लगाए पनि कुरा उही हो भन्ने देउवाको बुझाइ छ । एमालेलाई साथ लिएर भएपनि एमाओवादी एमाले गठबन्धन टुटाउनुपर्छ भन्ने कांग्रेस र वाह्यशक्तिको अहिलेको रणनीति हो ।