– मोहन पौडेल
नवलपरासी, ९ जेठ । छरुवा धान खेतिमा नवलपरासी नेपालकै नमुना जिल्ला बनेको छ । सिमिट र जिल्ला कृषि विकास कार्यालय नवलपरासीले विगत ५ वर्ष देखि यस क्षेत्रमा काम गर्दै आएका छन् ।
नवलपरासीमा विगत ५ वर्ष देखि छरुवा प्रविधिबाट धान खेति लगाईएको सिमीटकी कृषि वैज्ञानीक डाक्टर मिना देवकोटा अवस्थीले बताउनुभाये । कम लागत मा बढी उत्पादन हुने छस्वा धान खेती प्रविधि नवलपरासीका देवगाउ, सोमनी लगायतका १८ जना कृषकहरुले लगाउदैँ आएका छन् ।
रोपुवा र छरुवा खेतिमा उत्पादनमा फरक पर्दैन तर, रोपुवाको तुलनामा छरुवा प्रविधि कम खर्चिलो र समयको समेत बचत हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले बताउनुभयो । यो प्रविधिको धानखेतिमा नवलपरासी नेपालमै नमुना बनेको छ ।















प्रतिक्रिया