१ कार्तिक २०८३, आइतबार

अनिस र श्रृजना नेपाल फेसन आइकन २०१६

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fashion-Icon

काठमाडौ । ‘नेपाल फेसन आइकन २०१६’को उपाधि अनिस तामाङ र श्रृजना देवकोटाले जितेका छन् ।

काठमाडौ सामाखुसी टाउन प्लानिङका १९ बर्षिय अनिसले पुरुष तर्फ र आरुबारी जोरपाटीकी २० बर्षीया श्रृजनाले महिला तर्फको उपाधि चुमेका हुन् ।

प्रतियोगीतामा दुबै बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न गिफ्ट प्राप्त गरे । ब्याजलर अध्यायन गर्दै गरेका अनिसले बेष्ट फिजिकको उपाधि समेत जित्दा प्लस–टु अध्यायनरत श्रृजनाले भियुर च्वाईस अवार्ड हात पारिन् । दुबै बिजेताले आ–आफ्नो बिधाका १९ प्रतियोगीलाई पछि पर्दै उपाधि बिजेता बनेका थिए ।

शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतामा पुरुष तर्फ निर्भिय नकर्मी फष्टरनर अफ र राजिव ढकाल सेकेन्ड रनर अप घोषित हुँदा महिला तर्फ सपना भेटुवाल फष्टरनर अप र अकृती राज भण्डारी सेकेन्ड रनर अफ चुनिए ।

बिभिन्न टाइटलमा बिजेता समेत छानिएको कार्यक्रममा भियुर च्वाइस सामिप आचार्य, बेष्ट फिगर आस्था जोसी,मल्टि मिडिया निलम कुसी र अभि क्षत्री, बेष्ट पर्सनालिटी स्नेहा लामा र बिशाल शाक्य, मोष्ट ट्यालेन्ट अन्जना गौतम र सुनिल गोपाली, फेसनालिष्ट सपना भेटुवाल र जोन तामाङ ,फोटो जेनिक आस्था जोसी र सुरज पुरीले प्राप्त गरे ।

नेपाल राष्ट्र बैकका गर्भनर डा.चिरिन्जीबी नेपाल मुख्य अतिथी र नेता देबेन्द्र पौडेल, प्याब्सन उपाध्यक्ष देवकी थापा कार्यक्रममा अतिथी रहेका थिए । कार्यक्रममा अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।

अन्तिम स्पर्धाको जर्जका रुपमा अभिनेता रेश मरहट्ठा, अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, निर्देशक दिवाकर भट्टराई, मोडल दिक्पाल कार्की, पुर्व मिष्टर नेपाल सन्दिप पोखरेल, रनवे मोडल अनिस तामाङ, मिष्टर नेपाल २०१६ गणेश अग्रवाल रहेका थिए ।

उत्कृष्ट गीत संगीत ,नृत्यलगायतको बेजोड प्रस्तुतिका साथ सम्पन्न प्रतियोगीतामा प्रतियोगीलाई बिभिन्न सिक्वेलमा आकर्षक पहिरन सहित स्टेजमा उतारिएको थियो ।