२५ कार्तिक २०८३, बुधबार

त्रिभुवन विमानस्थलमा १८ तोला सुन भेटियो ! दुई जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, ९ जेठ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा १८ तोला सुनजस्तै वस्तु फेला पारेको छ । उक्त वस्तु बोक्ने दुई जनालाई पक्रेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बिमानस्थलस्थित पार्किङ्ग क्षेत्रबाट कतारबाट आएका धनकुटा खुवाफोका–२ स्थायी घर भएका ३२ वर्षीय तिलोक सिंह याख्यालाई अवैधरुपमा ल्याएको करीब ८ तोला सुन जस्तो देखिने पहेंलो धातुसहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी पेप्सिकोला बस्ने ६४ वर्षीय दुर्गा पौडेललाई उनकै छोरीले दुबईबाट पठाएको भनिएको करीब १० तोला सुन जस्तो देखिने पहेंलो धातुसहित सोही ठाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।