२५ कार्तिक २०८३, बुधबार

एमाले नेताको भनाइ, ‘प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने मलाई थाहा छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-Prachand-Mकाठमाडौं, ९ जेठ । एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीले आफूहरू राष्ट्रिय सहमतिको बाधक कहिल्यै पनि नरहेको बताउनुभएको छ ।

उहाँले राष्ट्रिय सहमतिका साथ सरकार बनाउने हो र कांग्रेस र आन्दोलनरत मधेसी मोर्चा पनि सरकारमा सहभागी हुने हो भने प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई मार्गप्रसस्त गर्न तयार रहेको बताउनुभयो ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता ज्ञवालीले भन्नुभयो, ‘कांग्रेस र एमाले सरकारमा नआउने हो भने सरकार परिवर्तनको आवश्यक्ता र औचित्यको पुष्टि कसरी हुन्छ ?’

बजेट पास भइसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ता हस्तान्तर गर्ने भनेर भएको भनिएको भद्र सहमतिका विषयमा ज्ञवालीले अनभिज्ञता जनाउनु भयो ।

‘खै मलाई त त्यस्तो कुनै कुरा थाहा छैन’, एमालेले अब प्रचण्डलाई सत्ता हस्तान्तरण गर्छ भन्ने प्रश्नमा उहाँले अगाडि भन्नुभयो, ‘राष्ट्रिय सहमतिको लागि औचित्य पुष्टि हुनुपर्छ अनिमात्रै कुरा अगाडि बढ्छ ।’

एमाओवादीले बजेट पारित भएपछि आफ्नो नेतत्वमा सरकार बनाउन पहल गर्ने भन्ने समाचार आइरहेका बेला एमालेका प्रभावशाली नेताले सरकार परिवर्तनको कुराको खासै अर्थ नहरेको बताउनुभएको छ ।