१ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रका यी हुन् अपहरणकारी र बलात्कारी केन्द्रीय सदस्य(नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-Prachand-Mकाठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा रहेका केन्द्रीय सदस्यहरूको हैसियत र आचारणलाई लिएर पार्टीभित्र खैलाबैला सुरू भएको छ ।

माओवादी केन्द्रमा यतिसम्मकी बालिका बलात्कारीदेखि अपहरणकारीसम्म रहेको आरोप छ । बलात्कारी र अपहरणकारीको बातलागेका धेरै नेता ‘विप्लव’ माओवादीबाट आएकाहरू छन् । जघन्य अपराधमा बात लागेका नेताहरूको बाहुल्यता भएपछि माओवादी केन्द्रभित्र विष्फोट हुने संकेत देखिएको छ । गम्भीर बात लागेका नेताहरू पदबाट हटाउन ‘प्रचण्ड’लाई दबाब बढ्दै गएको स्रोतले जनाएको छ ।

‘विप्लव’ माओवादी छाडेर नयाँ पार्टी बनाइ आफू अध्यक्ष बनेर ‘प्रचण्ड’को माओवादी पार्टीमा बिलय भएका तिलक परियारले बलात्कारी र अपहरणकारीलाई केन्द्रीय सदस्य बनाएर माओवादी केन्द्रमा भित्र्याएका हुन् । ‘विप्लव’ माओवादी छाडेर बसेका १७ जनलाई तिलक परियारले बोकेर ‘प्रचण्ड’तिर गएका हुन् ।

माओवादी केन्द्रका अर्का विवादित छविका केन्द्रीय सदस्य हुन्, धर्म परियार । धर्म परियारले काठमाडौंको चाबहिलस्थित डेरामा अर्को कोठा लिएर बस्ने महिला प्रहरीलाई बलात्कार गरेका थिए । महिला प्रहरी बलात्कृत भएपछि उजुरी दिएपछि धर्मलाई कारबाही समेत भएको थियो । विप्लव माओवादीमा रहेका बेला जिल्ला सदस्यको हैसियत राख्ने धर्म परियारलाई त्यसै बेला विप्लवले कारबाही गरेर निस्कासित गरिदिएका थिए । अहिले माओवादी केन्द्रका केन्द्रीय सदस्य हैसियत बनाएका महिला प्रहरी बलात्कार गर्ने धर्मको अर्कै चुरीफुरी छ ।

बारा जिल्लामा एमाआवादीका जिल्ला नेताको घरमा बस्न पुगेका अहिलेको माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक पराजुली पनि बालिका बलात्कारको आरोपमा पार्टीभित्रै कारबाही परिसकेका नेता हुन् । उनले पार्टी जिल्ला नेताकी सानी छोरीलाई बलात्कार गरेपछि कारबाही गरिएको थियो । टंक पराजुली अहिले माओवादी केन्द्रमा प्रचण्डको अगाडि पछाडि गर्नमै फुर्सद छैन ।

माओवादीका केन्द्रका अर्का नेता हुन्, प्रकाश शाही । प्रकाशले भरखरै मात्रै माओवादी पार्टीको सदस्यता लिएका थिए । भाग्य बलियो भएका प्रकाश रातारात माओवादी केन्द्रको केन्द्रीय सदस्य भएपछि चकित छन् । सोच्दै नसोचेको पद पाएपछि प्रकाश शाही झण्डै बोहोस भएको चर्चा उनकै साथीहरूले गर्ने गरेका छन् ।

‘विप्लव’ माओवादीले नपत्याएपछि बुटवलतिर म्यानपावर चलाएर बस्दै आएका आशिष बिक पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् । पार्टी आचरणका कार्य आएका आशिष बिक पनि साधारण सदस्य मात्रै हुन् । उनी पनि एकाएक केन्द्रीय सदस्य बनेपछि जिल परेका छन् ।