८ कार्तिक २०८३, आइतबार

पश्चिम बंगालमा गोर्खाल्याण्ड समर्थकको ठूलो जित, नरेन्द्र मोदी हेरेको हेरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amber-shing-rai Gorkhalandझापा, ९ जेठ । भारत पश्चिम बंगाल राज्य विधानसभा निर्वाचनमा गोर्खाल्याण्ड समर्थित पार्टी गोर्खा जनमुक्ति मोर्चाका उम्मेद्धार विजयी भएका छन् ।

दार्जिलिङ, खरसाङ र कालिम्पोङमा मोर्चाका उम्मेद्धार विजयी बनेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दार्जिलिङमा मोर्चा उम्मेद्धार अमरसिंह राईले तृणमूल कंग्रेसकी सारदा राईलाई ५० हजारभन्दा वढी मतअन्तरले पराजित गरे । खरसाङमा मोर्चाका डा रोहित शर्माले तृणमूलकी शान्ता क्षेत्रीलाई करिब ४० हजार मतले हराए ।

दार्जिलिङवाट हालै अलग्एिर छुट्टै जिल्ला वनेको कालिम्पोङमा जनआन्दोलन पार्टी समर्थित उम्मेद्धार डा हर्क क्षेत्री मोर्चा उम्मेद्धार सरिता राईसँग पराजित भए ।

राईले क्षेत्रीलाई करिब १२ हजार वढी मतले हराइन् । कालिम्पोङ क्षेत्रमा बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको पनि चासो थियो ।

सिलिगुडी क्षेत्रबाट तृणमूल कंग्रेस उम्मेद्वार बनेका भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया राज्य विधानसभा निर्वाचनमा पराजित भएका छन् ।

मार्क्सवादी कम्युनिष्ट पार्टीका भेट्रान नेता अशोक भट्टाचार्यसँग भुटिया १४ हजार ७२ मतले पराजित भए ।

अघिल्लो वर्ष लोकसभा निर्वाचनमा गोर्खा जनमुक्ति मोर्चा समर्थित भारतीय जनता पार्टीका उम्मेद्वार एसएस अहलुवालियासँग उनी १० लाखभन्दा बढी मतले पराजित बनेका थिए ।