काठमाडौं, ९ जेठ । संयुक्त मधेसी मोर्चाले सुशील कोइराला प्रधानमन्त्री छँदै संविधानका विषयसँग असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए ।
तर, संविधान जारी भएपछि प्रधानमन्त्रीको निर्वाचनमा मोर्चामा आबद्ध दलहरू केपी ओलीविरुद्ध सुशील कोइरालालाई भोट हाल्न संसद् पुगे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसपछि उनीहरूले संसद् बैठक बहिष्कार गर्दै आएका छन् । केही दिनअघि ओली सरकार गिराउने विषयमा कांग्रेस–मधेसी दलबीच छलफल भयो ।
उनीहरू सरकार ढाल्न तयार पनि भए । त्यसअघि पनि कांग्रेस सभापति देउवाले वैशाखको पहिलो साता मधेसकेन्द्रित दलका नेतालाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए ।
मधेस मुद्दामा आफू संवेदनशील रहेको भन्दै देउवाले मोर्चालाई विश्वासमा लिन खोजेका थिए ।
सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले ओली सरकार ढाल्न कांग्रेसलाई निःशुल्क सहयोग गर्न तयार रहेको बताए । तर, अरू मुद्दामा कांग्रेससँग कुरा मिलिनसकेको उनको भनाइ छ ।















प्रतिक्रिया